चारदेशीय टी-२० आई सिरिजः कुवेतविरुद्ध फिल्डिङमा नेपाल


काठमाडौं — नेपाल र कुवेतको खेल सुरु भएको छ ।

हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

हङकङस्थित टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा सुरु भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ ।

हिजोको खेलमा  नेपालले कतारलाई ८ विकेटले पराजित गरेर सुरूवाती पर्फोमेन्स नै राम्रो गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा जम्मा २ विकेट गुमाउँदै पूरा गरेको थियो ।

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो ।

प्रतिक्रिया