
कारबाहीमा परेपछि काँग्रेस छाडेर वीपी काँग्रेस गएका कर्ण मल्ल राजावादी मोर्चामा
काठमाडाैं- नेपाली कांग्रेस (वीपी)का उपसभापति कर्ण मल्ल राजावादी आन्दोलनमा मिसिएका छन् । नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि नेपाली कांग्रेस (वीपी) मा गएका डडेल्धुराका नेता मल्ल राजावादीको आन्दोलनमा मिसिएका हुन् ।
राजसंस्था र हिन्दू राज्य पुर्नस्थापनका लागि डा. जगमान गुरुङको नेतृत्वमा गठित आन्दोलनमा उनले सहभागी हुने प्रतिवद्धता जनाएका छन् । समितिले बुधाबार काठमाडौँमा आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा सहभागी भएका मल्लले आन्दोलनमा सहभागी हुने प्रतिवद्धता जनाएका हुन् ।
देउवाले राजावादी भएकै कारण आफूलाई पार्टीबाट निकालेको मल्लले स्वीकार गरेका छन् । “म कांग्रेसमै हुँदा पनि राजावादी विचार राख्थेँ,” उनले भने, “राष्ट्रवादी सोच भएकैले देउवाले मलाई पार्टीबाट हटाएका हुन् ।” बुधबार जगमान गुरुङको नेतृत्वमा बसेको राजावादी अभियानको बैठकबाट बाहिरिँदै मल्लले देशको वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गरे।
“हामी अहिले असफल राष्ट्र (फेलियर स्टेट)को स्थितिमा छौं,” उनले भने, “यहाँ न्यायपालिका निष्क्रिय छ, सरकार प्रभावहीन छ, र राज्यका कुनै पनि अंगहरूले जिम्मेवारीपूर्वक काम गर्न सकेका छैनन्।”
मल्ल ०७९ सालको प्रतिनिधिसभा निर्वाचन काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्व लडेका थिए । उनी निर्वाचनमा तेस्रो भएका थिए ।



कागजपत्र |
