नेपालले पायो कतारविरुद्ध १५२ रनको लक्ष्य


काठमाडौं – कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ।

हङकङमा आजदेखि शुरु भएको चार देशीय टी–२० सिरिजको पहिलो खेलमा कतारले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको हो।

कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्बाधिक ५४ रन बनाए। शाहजैब जमिलले ३१, मुजीब उर रेहमानले २० रन र मोहमद इर्शादले १८ रन बनाएका थिए।

नेपाली बलर करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजबंशीले एक एक विकेट लिए।

प्रतिक्रिया