

आज पनि सुधार आएन काठमाडौंको मौसम, बन्यो विश्वकै प्रदूषित सहर

काठमाडौं– काठमाडौं उपत्यकामा विगत दुई सातादेखि वायु प्रदूषण मानव स्वास्थ्यका लागि खराब रहँदै आएको छ ।
वायु गुणस्तर मापन गर्ने आइक्यू एअरले बिहान सवा ७ बजे गरेको मापनअनुसार नेपालको राजधानी काठमाडौं उपत्यका विश्वको पहिलो प्रदूषित शहरमा रहेको छ ।
अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक ९एक्यूआई० १९२ छ । यसलाई अस्वस्थ अवस्था मानिन्छ ।
वायु प्रदूषणका हिसाबले नेपालको काठमाडौंपछि भारतको राजधानी दिल्ली विश्वको दोस्रो नम्बरमा छ । दिल्लीको एक्यूआई १७६ छ । यस्तै, तेस्रो स्थानमा रहेको चीनको वुहान शहरको एक्यूआई १७१ छ ।
वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । यस्तै, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि स्वास्थ्यका लागि खतरनाक तह मानिन्छ ।

