राप्रपाको प्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिको समर्थन


काठमाडौं- नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा हुन लागेको प्रदर्शनलाई समर्थन गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गतेका निम्ति काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना गर्ने तयारी गरेकाे छ । संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्तिमार्फत उक्त प्रदर्शन तथा बृहत् आमसभाप्रति साथ र समर्थन रहने जनाएका हुन् ।

उक्त कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रूपमा सक्रिय सहभागिता जनाउन गुरुङले सबै राष्ट्रवादी देशभक्त नागरिकमा आह्वान गरेका छन् ।

प्रतिक्रिया