कुलमानको पुनर्बहाली माग राखेर माइतीघरमा प्रदर्शन


काठमाडौं- कुलमान घिसिङलाई नेपाल विद्यु्त प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै  प्रदर्शन भएको छ ।

आइतबार काठमाडौंको माइतीघर मण्डलीमा  कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनमा सहभागीहरूले प्राधिकरणमाथिको राजनीति बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।

कुलमान घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन भएको हो ।

११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया