ईदको अवसरमा यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो


काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)ले त्यहाँका विभिन्न जेलमा रहेका १६६ जना नेपालीलाई आममाफी दिएको छ ।

आबुधावीस्थित नेपाली दूतावासले नेपाल सरकारको आग्रहमा १६६ जना नेपाली कैदीहरूलाई यूएई सरकारले आममाफी दिएको जानकारी गराएको हो ।

आममाफी मुस्लिम धर्मावलम्बीको पवित्र पर्व रमजान महिना तथा ईद पर्वको अवसरमा दिइएको दूतावासले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया