

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कडा कारबाही हुने स्पष्ट पारेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घटनालाई निन्दनीय र खेदजनक भन्दै संलग्न सबैलाई सरकारले कारबाही गर्ने बताएका छन्। ‘यस घटनामा कोही पनि उन्मुक्ति पाउने छैन,’ उनले जोड दिए ।
उनले घटनाका आयोजकमध्ये केही संसदमा प्रतिनिधित्व गर्ने दलका सांसद तथा नेताहरू रहेको खुलासा ग रे।
‘आयोजक को हुन् भन्नेबारे विभिन्न आशंका उठिरहेका थिए । तीमध्ये केही संसदमा रहेका दलका नेताहरूको नाममा समावेश थिए । कार्यक्रमका लागि तोकिएको स्थान बाहिर उत्तेजक प्रदर्शन गरियो, अराजनीतिक नाराबाजीसहित भिड सल्बलाउन थाल्यो। सभा वा मन्तव्यका लागि नभई प्रदर्शनका कथित जनकमाण्डरले प्रहरीमाथि आक्रमण गर्ने गरी निषेधित क्षेत्र तोड्न प्रयास गरे,’ उनले भने ।
प्रधानमन्त्री ओलीले भिड नियन्त्रण गर्न प्रहरीले प्रयास गरेको उल्लेख गर्दै भने, ‘प्रहरीमाथि आक्रमण भयो, बन्दुक खोस्ने प्रयास गरियो ।’
सरकारले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने उनको प्रतिबद्धता थियो ।

