हराएको ४ दिनपछि भेटियो युवकको शव, ६ जना पक्राउ


काठमाडौं- काठमाडौंको माकलबारीमा युवकको हत्या गरी शव गाडेको अभियोगमा प्रहरीले ६ जनालााई पक्राउ गरेको छ ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका- ८ घर भई हाल गोकर्णेश्वर नगरपालिका- ५ बाहुनधारा बस्ने १९ वर्षका राहुल साहको हत्या भएको थियो ।

चैत ११ गतेदेखि हराइरहेका साहको चैत १५ गते माकलबारीको आरके मोटरसाइकल वर्कसपको पछाडी जमिनमा गाडीएको अवस्थामा शव फेला परेको थियो ।

उनी हराएको सूचना प्रहरी वृत्त बोद्धमा पुगेपछि प्रहरीले खोजतलास गरेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा लेनदेनको विषयलाई लिई हत्या गरेको खुलेको र हत्यामा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्हरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए ।

पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ घर भई हाल जिल्ला गोकर्णेश्वर ५ बाहुनधारा बस्ने २२ वर्षका निपु मण्डल, १८ वर्षका विजय यादव, १८ वर्षका करन कुमार महतो, २३ वर्षका जोधन मण्डल, ४५ वर्षका उत्तम मण्डल र भारतको बिहार घर भई हाल दक्षिणढोका वस्ने २९ वर्षका सुनिल शर्मा रहेका छन् ।

उनीहरुलाई अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेको छ ।

प्रतिक्रिया