नापी कार्यालयको बोर्डमा ‘आई लभ यु प्रमिला’ लेखिएपछि…


काठमाडौं- रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको डिजिटल साइनबोर्ड ह्याक भएको छ ।

साइनबोर्ड ह्याक गरेर त्यसमा ‘आई लभ यु प्रमिला, आई रियल्ली लभ यू’ लेखिएको देखिएको छ । नगरपालिकाका मेयर रबि केसीले ह्याकरले नापी कार्यालयको नाम हटाएर अन्य सन्देश डिस्प्ले गरेको जानकारी दिए ।

कार्यालयका प्रमुख मन आग्रीले आफू बाहिर रहेको तर साइनबोर्डको नाम परिवर्तन भएको जानकारी पाएको बताए ।

नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर बिष्टले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । जिल्ला प्रशासन कार्यालय र सम्बन्धित अनुसन्धान निकायलाई यसबारे जानकारी गराइसकिएको छ ।

यसअघि भरतपुरस्थित विद्युत प्राधिकरणको कार्यालयको बोर्डमा पनि प्रधानमन्त्रीविरुद्धको नारा देखिएको घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया