जरिवाना पत्र बोकेर निर्मल निवास पुग्यो महानगर प्रहरी


काठमाडौं– काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र बुझाउने प्रयास गरेको छ । तर निर्मल निवासले पत्र लिन अस्वीकार गरेको छ।

महानगर प्रहरी बल ७ लाख ९३ हजार रुपैयाँ बराबरका ८ वटा जरिवाना पत्र बोकेर आइतबार बिहान निर्मल निवास पुगेको थियो । तर, निवासका सुरक्षाकर्मीले टोलीलाई गेटमै रोकेका छन् ।

महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जसरी पनि पत्र बुझाएर फर्किने बताए ।

शनिबार काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिका–३२ लगायतका विभिन्न स्थानमा गरिएको फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्तिमा क्षति र तोडफोडवापत जरिवाना तोकेको थियो ।

तर, पूर्वराजा शाहको निजी निवासले उक्त पत्र लिन अस्वीकार गरेपछि महानगरपालिकाको टोलीले पत्र बुझाउने प्रयास जारी राखेको छ।

प्रतिक्रिया