

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडाैं- स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार (आज) सुन प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ६०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो ।
यसअघि गत शुक्रबार सुन प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य घटेको छ । यसअघि प्रतितोला दुई हजार ४० रुपैयाँ रहेको चाँदी आज दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

