

सम्पूर्ण उडानहरू ठप्प, इन्टरनेशनल फ्लाइट आकाशमै होल्ड !

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोकिएको छ ।
प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास लागो लगाएपछि सुरक्षाको कारण देखाउँदै उडान रोकिएको हो ।
प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडी आगो बालेका थिए । आगो विमानस्थल क्षेत्र भित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द भएको हो ।
सुरक्षा आश्वस्त नभएसम्म यो अझै बढ्ने विमानस्थल उच्च स्रोतले जनाएको छ ।
अहिले अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड गरिएको छ । आन्तरिक उडान भएका छैनन् ।

