

राजावादी समूहले गरे कोटेश्वर भाटभटेनीमा लुटपाट

काठमाडौं– कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा राजावादी समूह प्रवेश गरी तोडफोड गरेको छ । दिउँसो ३:५० बजे प्रदर्शनकारीहरू स्टोरभित्र प्रवेश गरेर त्यहाँ रहेका सामग्री लुटपाट गरेका हुन् ।
“प्रदर्शनकारीले स्टोरमा प्रवेश गरी रक्सी लगायतका सामान लगेका छन् र तोडफोड गरेका छन्,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए ।
घटनाको जानकारी प्रहरीले समयमै पाएको भए पनि अझै घटनास्थलमा नपुगेको भाटभटेनीका सीओओ पानु पौडेलले बताए। “४० मिनेट भइसक्दा पनि प्रहरी आइपुगेको छैन,” उनले भने ।

