

तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै

काठमाडौं- राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कफर्यु आदेश जारी गरिएको छ ।
काठमाडौंका तीन स्थानमा कफ्यू लगाइएको हो । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्काे आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।

