

एकीकृत समाजवादीको कार्यालयमा आगजनी र तोडफोड

काठमाडौं- नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ ।
राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । उनीहरुले भित्र आगजनी पनि गरेका छन् ।
तोडफोडबाट कार्यालयका शिसाहरु फुटेका छन् । कार्यालय नजिकै प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छ्न ।

