

दुर्गा प्रसाईको उग्ररुपबाट तीनकुने क्षेत्र रणमैदानमा परिणत

काठमाडौं- राजावादी भनिएकाहरुको आन्दोलनबाट तीनकुने क्षेत्र रणमैदानमा परिणत भएको छ ।
राजावादीले सभा गर्ने भनिएको स्थलबाट पनि निषेधित क्षेत्रमा बढ्न खोजेपछि रोकेको प्रहरीविरुद्ध राजावादीहरु उग्ररुपमा प्रस्तुत भएका छन् ।
उनीहरुले स्थानीयको घरमा आगजनी, सरकारी सवारीसाधनमा आगजनीका साथै प्रहरीको हतियार समेत लुटेका छन् ।
प्रदर्शनकारीको नेतृत्व गरेका दुर्गा प्रसाईले प्रहरीको घेरा तोडेका थिए । उनले आफैं गाडी चलाएर प्रहरीमाथि अपशब्द शब्द प्रयोग गर्दै प्रहरीको घेरा तोडेर तीनकुने पुल पारसम्म गरेका थिए ।
प्रहरीले उनको गाडी रोक्न खोज्दा गाडीमा सामान्य क्षति भएको छ । अहिले प्रहरीले उनको गाडीलाई नियन्त्रणमा लिएको छ ।
अहिले प्रदर्शनकारीहरुले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।
राजावादीको भनिएको प्रदर्शनमा प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टका कार्यालयहरुमा पनि ढुंगामुढा गरेका छन् ।
त्यसका साथै प्रदर्शनकारीको आक्रमणमा पनि एक सशस्त्र महिला प्रहरीको टाउको फुटेको छ ।
प्रदर्शनकारीहरुले एक स्थानीयको घरमा लगाएको आगो निभाउनका लागि आएको दमकललाई पनि तोडफोड गरेका छन् ।
उक्त आगलागीबाट घर पूरै जलेको छ भने सो घरसँग जोडिएका अन्य घरहरु पनि खतरामा परेका छन् ।
तीनकुने क्षेत्रका अधिकांश घरहरुका सिसा फुटाइएका छन् ।
शालीन मानिएका राप्रसा नेता रविन्द्र मिश्रको पनि उग्ररुपता देखिएको थियो ।

