

राजावादी प्रदर्शनकारीद्वारा सरकारी गाडी र ट्याक्सीमा आगजनी तथा तोडफोड

काठमाडौं- काठमाडौंको पेरिसडाँडा नजिक शुक्रबार राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका छन् । आगलागी भएको सरकारी गाडीको नम्बर भने खुल्न सकेको छैन ।
प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढेपछि गल्लीमा लुकेर बसेका सुरक्षाकर्मीहरूले अश्रुग्यास प्रहार गरेका थिए । त्यसपछि आक्रोशित भीडले गाडी तोडफोड गर्नुका साथै आगजनी गरेको हो ।
यस्तै, राजधानीको तीनकुनेमा प्रदर्शनकारीहरूले एक ट्याक्सीमा समेत तोडफोड गरेका छन् । तोडफोडका कारण ट्याक्सीको सिसा फुटेको छ ।
त्यसैगरी, प्रदर्शनको क्रममा केही प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको बन्दुक समेत खोसेका छन् ।
राजावादी प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ । बानेश्वर क्षेत्रमा दुई पक्षीय झडप हुँदा स्थिति तनावपूर्ण रहेको छ ।

