

विद्युत प्राधिकरणकै डिजिटल बोर्ड ह्याक गरेर ओलीविरुद्ध लेखिएपछि…

चितवन — नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा देखिएको छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरिएसँगै बोर्डमा उक्त नारा डिस्प्ले भएको हो ।
भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । उनका अनुसार डिजिटल बोर्डमा सूचना राख्ने पहुँच सीमित व्यक्तिहरूसँग मात्रै थियो । तर, पासवर्ड डिफल्ट रहेको हुँदा ह्याक भएको हुन सक्ने आशंका छ ।
सोमबार दिउँसो १२ बजेदेखि १ बजेसम्म बोर्डमा विवादास्पद सन्देश देखिएको थियो । सेवाग्राही र कर्मचारीहरूले जानकारी गराएपछि कार्यालय प्रमुख श्रेष्ठले उक्त सन्देश हटाएका थिए ।
उनले आफूले यस्तो नारा नराखेको र कसैले ह्याक गरेको हुन सक्ने बताएका छन् ।

