

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओ बाँडफाँट

काठमाडौं — ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख ४७ हजार ६०० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।
उक्त आइपिओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ।
रितपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो।
कम्पनीले फागुन २७ गतेदेखि चैत ३ सतेसम्म सर्वसाधारणका लागि उक्त आइपिओ बिक्री खुला गरेको थियो।
आइपिओको नतिजा कम्पनीको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ।

