कुलमानलाई हटाएपछि विद्युत् प्राधिकरण अगाडि कडा सुरक्षा


काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयपछि प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि सुरक्षा सतर्कता कडा पारिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गरी हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो ।  सो निर्णयपछि रत्नपार्क क्षेत्र लगायतका स्थानहरूमा प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीको उपस्थिति बढाइएको हो ।

घिसिङलाई हटाएको विरोधमा नेकपा (एकीकृत समाजवादी) निकट जनसंगठनले प्रदर्शन गरेको छ । मंगलबार बिहान प्रदर्शनकारीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए ।

 

प्रतिक्रिया