ओली र देउवासँग बस्नुअघि प्रचण्डले भेटे राष्ट्रपतिलाई


काठमाडाैं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।

उनी सोमबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।

अध्यक्ष प्रचण्डले समसामयिक विषयमा राष्ट्रपतिसँग कुराकानी गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन दलका शीर्ष नेता छलफलमा जुट्ने भएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता हुँदैछ।

प्रतिक्रिया