

एएफसी छनाेटः नेपाली टिम मलेशियामा

काठमाडौं – नेपाली फुटबल टोली एएफसी छनौट प्रतियोगिता खेल्न तयारी अवस्थामा रगेको छ। टोली छनौट चरणकै लागि एक साता अगाडि टिम सिङ्गापुर हुँदै मलेसिया पुगेको हो।
एएफसी छनौट खेल खेल्नु अघि नेपालले सिङ्गापुरलाई १-० शून्य गोलले हराएको थियो। मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरलाई ३६ वर्षपछि हराएको थियो ।
२१ मार्चमा सिङ्गापुरमा सो खेलमा नेपालले विजय हात पारेसँगै टोली मलेसिया पुगेको हो। नेपाली टोली लिएर म्यानेजर रमेश कार्की सिङ्गापुर हुँदै मलेसिया गएका छन्।
कार्कीका अनुसार एएफसी छनौटका लागि टिम मलेसिया पुगिसकेको र खेलाडीका सम्पूर्ण आवश्यकता पूरा गर्दै नेपाली टोलीले सुरुवाती खेल जित्ने अपेक्षा गरिएको छ।
जसमा कप्तानमा किरण कुमार लिम्बू र हेड कोचको रुपमा अष्ट्रेलियन नागरिक म्याथुबेदी रोस छन्।
एएफसी एसियन छनोटको तेस्रो चरणअन्तर्गत नेपालले भोलि ७ः४५ मा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । खेल सुल्तान इब्राहिम रंगशालामा हुनेछ ।

