लेबनानमाथि इजरायलको भीषण आक्रमण, ७ को मृत्यु, ४० घाइते


इजरायल – नोभेम्बर महिनामा भएको हिंसापछि लेबनान र इजरायलको बिचमा सबैभन्दा भीषण आक्रमण भएको छ।

लेबनानबाट थुप्रै रकेट प्रहार भएपछि इजरायलले लेबनानमा लगातार हवाई आक्रमण गरेको छ।

इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहको नेतृत्व रहेको स्थानलाई लक्षित गर्दै आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक बालकसहित सात जनाको ज्यान गएको जनाएको छ। साथै ४० जना घाइते भएका छन्।

लेबनानमा हिजुबल्लाह लगायत धेरै सैन्य समूह भए पनि इजरायलमाथि रकेट प्रहारको जिम्मेवारी कसैले पनि लिएका छैनन्।

पहिलो चरणको आक्रमण सकिएको एक घण्टापछि दोस्रो चरणको आक्रमण भएको इजरायलले जनाएको छ। सो आक्रमण कमान्ड सेन्टर, भौतिक संरचना र हतियार केन्द्रमा लक्षित थियो।

हिजबुल्लाहले लेबनानबाट भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको छ। उसले युद्ध विराममा अडिग रहेको प्रष्ट पारेको छ।

 

प्रतिक्रिया