भारतले व्यवस्था परिवर्तन चाहेको छैन: परराष्ट्रमन्त्री राणा


काठमाडौँ- परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय पक्ष अहिलेको व्यवस्था परिवर्तनबिरुद्ध नरहेको बताएकी छन् । उनले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी हुन् ।

भारतको एक साताभन्दा लामो भ्रमण सकेर शुक्रबार फर्किएकी परराष्ट्रमन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्- ‘भारतीय पक्ष अहिलेको व्यवस्थाविरुद्ध नरहेको पाएकी छु ।’

परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र कुराकानी नभएको बताइन्।

प्रतिक्रिया