

पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई कालोझण्डा

काठमाडाैं- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेसकै कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा खेलकुदमन्त्री चौधरीलाई कांग्रेसकै कार्यकर्ताले कालोझण्डा देखाएका हुन् । खेलकुदमन्त्री चौधरी कांग्रेसको खेलकुद विभागले आयोजना गरेको खेलकुद नीति विषयक विचार गोष्ठीमा वक्ताका रूपमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका थिए ।
त्यही क्रममा खेलकुमन्त्री चौधरीलाई कांग्रेसकै कार्यकर्ताले उनको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’लगायत नारा लगाएका थिए ।

