

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौं- त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। निर्वाचन समितिले सूचना जारी गर्दै अदालतको अन्तरिम आदेशको टुङ्गो नलागेसम्म निर्वाचन प्रक्रिया रोकिएको जनाएको छ।
स्ववियु निर्वाचन सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ। अदालतले यस विषयमा अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे छलफलका लागि मिति १० गते पेशी तोकेको छ। यसअघि ७ गतेका लागि तोकिएको पेशी अन्य विपक्षीको म्याद तामेल नभएकाले सारिएको हो।
निर्वाचन अधिकृत प्राडा. कृष्णप्रसाद न्यौपानेद्वारा जारी सूचनामा अदालतको निर्णय नआएसम्म निर्वाचन कार्यक्रम स्थगित रहने उल्लेख गरिएको छ।

