कालीमाटी तरकारी बजारमा भित्रिएको ब्रोकाउलीमा विषादी !


काठमाडौं – मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालीमाटीमा भित्रिएको ब्रोकाउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार भक्तपुरबाट ल्याइएको ब्रोकाउलीमा ८८.६७० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी रहेको पाइएको छ।

केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी बजारका १८ वटा पसलबाट संकलित १८ प्रकारका तरकारी तथा फलफूलको परीक्षण गरेको थियो। उक्त परीक्षणको क्रममा ब्रोकाउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको हो।

सरकारले ३५ प्रतिशतभन्दा कम विषादी भएको तरकारीलाई उपभोगयोग्य मानेको छ। ३५ देखि ४५ प्रतिशतसम्मको विषादी पाइएमा केही दिन भण्डारण गरेपछि मात्र उपभोग गर्न सकिने मापदण्ड तोकिएको छ। तर, ४५ प्रतिशतभन्दा बढी विषादी रहेको तरकारी उपभोगका लागि अयोग्य मानिन्छ।

प्रतिक्रिया