

जनकपुरधाममा चोकको नाम राख्ने विषयमा झडप, एक जना गोली लागेर घाइते

धनुषा – धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नामकरणको विषयलाई लिएर दुई समूहबीच विवाद चर्किँदा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको र सो क्रममा एक जना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिएका छन् ।
घाइते व्यक्तिको पहिचान खुल्न बाँकी रहेको छ । उनलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
भठिहनस्थित सो चोकमा केही समयअघि यादव चोक लेखिएको बोर्ड राखिएको थियो। तर, अन्य समुदायका व्यक्तिहरूले उक्त बोर्ड उखेलेपछि विवाद सुरु भएको थियो । यो विषयले आइतबारदेखि दुई पक्षबीच तनाब बढाएको र अन्ततः झडपमा परिणत भएको स्थानीय स्रोतले जनाएको छ ।

