प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा नेपाल प्रहरीमा आजबाट रिक्त हुन लागेको प्रहरी महानिरीक्षक (आईजीपी )नियुक्ति गर्ने सम्भावना रहेको छ ।

नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदैछन् । आईजीपी कुँवर अवकाशमा जाने भएपछि आज बस्ने मन्त्रिपरिषद बैठकले नयाँ आईजीपी नियुक्त गर्ने बताइएको छ ।

प्रहरीको ३१ औं आईजीपीको दाबेदारमा एआईजीहरू दीपक थापा,सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धी छन् ।

प्रतिक्रिया