कर्णाली नदीमा डुंगाबाट खस्दा एक कामदार बेपत्ता


कालिकोट, कर्णाली – कर्णाली नदी तर्ने क्रममा एक कामदार बेपत्ता भएका छन् । कर्णाली करिडोरको घाटचौर–लैफु सडकमा काम गर्दै आएका मुगु रारा छायानाथ नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल सोमबार बिहान कर्णाली नदीमा बेपत्ता भएका हुन् ।

सेजुवाल कर्णाली नदी पार गर्दै डिजेल राख्ने ड्रम जोडेर बनेको डुंगा चढेर काममा जान लागेको क्रममा डुंगा पल्टिंदा नदीमा खसेका थिए । घटनामा चार जनाको डुंगा चढेर नदी पार गर्ने क्रममा सेजुवाल नदीमा खसेका थिए । स्थानीय र प्रहरीले उनको खोजी गरिरहेका छन्, तर अहिलेसम्म केही फेला परेका छैन ।

कर्णाली करिडोर अन्तर्गत कालिकोट पलाता–९ को घाटपारी चौरदेखि बाजुराको लैफू सम्मको सडक निर्माण कार्य जारी छ ।

प्रतिक्रिया