माटो खन्नेक्रममा ढिस्कोले पुरेर महिलाको मृत्यु, ३ को सकुशल उद्धार


दाङ, – सल्यानमा घर लिप्ने माटो खन्न गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । अर्की एक महिला गम्भीर घाइते भएकी छन् ।

जिल्लाको शिद्धकुमाख गाउँपालिका २ खर्के डाँडाकी ४५ वर्षीया एैली चलाउने र ३२ बर्षीया पौरी बोहरा घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुुरेपछि गम्भीर घाइते भएका थिए ।

घाइते मध्य चलाउनेको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको छ । अर्की गम्भीर घाइते बोहोरालाई श्रीनगरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि शनिवार राति नै बाँके जिल्ला रेफर गरिएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक लक्ष्मण वलीले बताए ।

शनिवार बेलुकी ४ बजेतिर स्थानीय ५ जना महिला आफ्नो घर नजिकै घर लिप्ने माटो लिन भनेर गएको र मोटो खन्ने क्रममा माथिबाट झरेको ढिस्कोले दूई महिलालाई गम्भीर चोट लागेको वलीले बताए । तर, थप तीन जना महिला भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया