प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ


काठमाडौं – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाएको आरोपमा राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा उनलाई आज नियन्त्रणमा लिएको हो ।

शनिबार मकवानपुरमा आयोजित एक कार्यक्रममा बोल्दै बमले प्रचण्डको आलोचना गरेका थिए र त्यसक्रममा उनको फोटो जलाएका थिए । उक्त घटना राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा भएको थियो ।

यसअघि, बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘मूर्ति चोर’ र ‘भाइमारा’को संज्ञा दिएका थिए । प्रचण्डको यो अभिव्यक्तिपछि राजावादी दल राप्रपाले विरोध गर्दै आएको छ ।

प्रतिक्रिया