पूर्व मुमाबडामहारानी शाह आज डिस्चार्ज हुने


काठमाडौं– पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह उपचारपश्चात शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने भएकी छन् ।

९७ वर्षीया पूर्वमुमाबडामहारानी शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियाे ।

चिकित्सकहरूका अनुसार उनलाई माइल्ड निमाेनिया भएकाे थियाे । ५ दिनकाे उपचारपछि उनकाे आज शुक्रबार डिस्चार्ज हुने स्राेतले जानकारी दिएकाे हाे ।

उनी नारायणहिटी दरबार परिसरमा महेन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।

प्रतिक्रिया