‘रास्वपाका कार्यकर्ताले सहकारी पीडितलाई लखेटे, पिटे’


पोखरा- सुर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र पोखरा सहकारी बचत पीडित संघ पीडित कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताले सहकारी पीडितलाई लखेटेको आरोप लगाएका छन् ।

बुधवार विज्ञप्ति जारी गर्दै समितिले रास्वपाका कार्यकर्ताबाट सहकारी पीडित लखेटिएको र कुटिएको आरोप लगाएका हुन् । समितिले  सहकारीको बचत र अनुसन्धानलाई प्रभाव पार्ने किसिमको कार्यक्रम  पोखरामा भइरहेकाे जानएकाे छ । उसले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताबिरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोल टोल र घर घरमा पुगी पीडित बचतकर्तालाई भड्‌काउने गरेको भन्दै समितिले भर्त्सना गरेको छ ।

 

प्रतिक्रिया