ओली सरकारको सय दिनः आज उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको एक सय दिने उपलब्धि सार्वजनिक गर्ने भएका छन् ।

बुधबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट साढे २ बजे आफू नेतृत्वको सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सो क्रममा ओलीले १०० दिनको अवधिमा भएका प्रगति विवरणको फेहरिस्त प्रस्तुत गनेछन् ।

ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया