उपराष्ट्रपति यादव अस्पताल भर्ना


काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन् ।

उपराष्ट्रपति यादवलाई हर्नियाको शल्यक्रियाको लागि मंगलबार साँझ त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको हो ।

उपराष्ट्रपतिको शल्यक्रिया प्रा.डा. रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड लिभर टान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानसहितको चिकित्सकको टिमले गर्ने बताइएको छ ।

प्रतिक्रिया