

कसैले ठुलो आवाजमा मोटरसाइकल चलाइरहेको छ ? भिडिओ बनाएर पाउनुस् ५ हजार पुरस्कार

काठमाडौं- गोकर्णेश्वर नगरपालिकाले मोटरसाइकलमा ठुलो आवाज निकालेर कुदाउने चालकहरूको भिडिओ खिचेर पठाएमा ५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।
नगरप्रमुख दीपक कुमार रिसालले एक सूचना जारी गर्दै साइलेन्सर मोडिफाई गरेर ठुलो आवाज निकाल्ने मोटरसाइकल चालकहरूको भिडिओ ह्वाट्सएपमार्फत पठाउन भनिएकाे छ । सूचना पाएपछि ठुलो चालकलाई कारबाहीवापत जरिवाना तिराइने बताइएकाे छ ।
यस्तै भिडिओ पठाउने व्यक्तिलाई ५ हजार रुपैयाँ पुरस्कार दिइने जनाइएकाे छ । त्यसका लागि सवारी नम्बर र भिडिओसहित ९८५१२९६३१२ मा सूचना पठाउन भनिएकाे छ । जानकारी दिने व्यक्तिको नाम गोप्य राखिने छ ।
यस अभियानबाट गोकर्णेश्वर क्षेत्रको ध्वनीको वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ।

