

सुनसरीमा क्रेटा कार दुर्घटना हुँदा एकै परिवारका चारजना घाइते

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा आज सोमबार भएको सवारी दुर्घटनामा एकै परिवारका चार जना घाइते भएका छन् ।
बिहान करिब १० बजेर २० मिनेटमा विराटनगरबाट हेटौंडा गइरहेको बागमती प्रदेश ०१-०२७९ च ६०६९ नम्बरको निजी क्रेटा कार अनियन्त्रित भई दुर्घटना हुँदा विराटनगर महानगरपालिका-११ जनपथ टोल घर भएका सुदीप कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ ।
कारमा सवार सोही वडा बस्ने युवराज कार्कीको टाउकोमा र उनकी पत्नी प्रबिता कार्कीको बायाँ हात र सुदीप कार्कीकी भतिजी आरुषी कार्कीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षकराम तिमल्सिनाले जानकारी दिएका छन् ।
घाइतेहरुको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कार चालक विराटनगर-५ निवासी ४१ वर्षिय मनोज कार्कीलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको प्रवक्ता तिमिल्सिनाले बताए ।

