

भक्तपुरकी १०१ वर्षीया बृद्धाको घाँटीमा मासु अड्किएपछि…

काठमाडौं- भक्तपुरकी १०१ वर्षीया बृद्धाको घाँटीमा अड्किएको मासुको डल्लो पाटन अस्पतालका चिकित्सकहरुले निकालेका छन् ।
गत शनिबार खाना खाने क्रममा मासुको डल्लो बृद्धाको घाँटीमा अड्किएको थियो । मासु अड्किएर छट्पटाएकी बृद्धालाई तत्काल परिवारले पाटन अस्पताल लगेका थिए ।
त्यहाँका नाक कान घाँटी (ईएनटी) चिकित्सकहरुको समूहले रिजिड ईसोफागोसकोपी) गरी निकालिदिएका दिएका हुन् ।
उपचारमा सम्लग्न इएनटी विशेषज्ञ डा. लिजन महर्जनले बृद्धा महिलालाई बेहोस गरेर घाटीमा अड्किएको मासु ‘रिजिड इसोफागोसकोपी’ गरी निकालिएको बताए । उनले बयोबृद्धा बिरामीमा दमको समस्या समेत भएकोले अहिले पाटनमै दमको उपचार भइरहेको जानकारी दिए ।
बयोबृद्धाको घाँटीमा अड्किएको मासु निकाल्न शनिबार डा. महर्जनसंगै डा. बिदुर अधिकारी, डा. ओम झा खटिएका थिए । यस्तै एनेस्थेसियामा डा. कृतिमाया गुरुङ र डा. रोशन खड्का थिए ।

