नेपाली चेलीलाई अस्ट्रेलियामा गोल्ड मेडल


काठमाडाैं- नेपालकी अञ्जली तामाङले अस्ट्रेलियामा भएको भिक्टोरिया स्टेट केपिएनपी ओपन तेक्वान्दो सिरिजमा स्वर्ण पदक जितेकी छन् ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको तेक्वान्दो सिरिजमा अञ्जलीले ग्यरोगीतर्फ महिला ६२ केजी तौलसमूहमा स्वर्ण जितेकी हुन् । भिक्टोरियास्थित क्रेगबर्न स्पोर्ट्स स्टेडियममा भएको फाइनलमा अञ्जलीले अस्ट्रेलियाकै फिडोर पाकलाई १२–३ स्कोरले हराएकी थिइन् ।

 

प्रतिक्रिया