सितापाइलामा पार्किङ गरेर राखिएकाे विद्युतीय कारमा आगलागी


काठमाडाैं- काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखिएकाे विद्युतीय कारमा आगलागी भएको छ ।

बा प्र ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जनाएको छ।

सितापाइला स्थित विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङ गरिएको थियो । साे कारमा ब्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको प्रहरीकाे अनुमान छ ।

घटनामा कुनै मानवीय क्षति भएको छैन । दमकल र स्थानीयको सहयोगमा आगाे नियन्त्रणमा ल्याइएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया