

ओलीइतर समूहका एमाले सांसद संसदीय दलको बैठकमा जाने, ‘माधव नेपालको पत्तो भएन’

काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा इतर समूहका सांसद पनि सहभागी हुने भएका छन्।
त्यसअघि संसदीय दलमा आफ्ना एजेन्डा राख्न माधवकुमार नेपाल समूहका सांसदको भेला हुने भएको छ। तर नेपालचाहिँ बैठकमा सहभागी हुने या नहुने भन्ने पत्तो नभएको स्रोतले जनाएको छ।
यस पटक कार्यक्रम नजुधेका कारण संसदीय दलका नेताले डाकेको बैठकमा सहभागी भएर आफ्ना विचार र धारणा राखिने बताइएको छ।

