

अर्थ मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमका लागि सर्वसाधारणबाट सुझाव माग

काठमाडौँ – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरोकारवालासहित आम सर्वसाधारणबाट सुझाव माग गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार आगामी आवको बजेट तर्जुमा सम्बन्धी काम शुरु भएर्संगै यसका लागि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा ५ वैशाखसम्म सुझाव पठाउन सकिने छ ।
संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारमाध्यम र आम सर्वसाधारणबाट बजेटबारे सुझाव संकलनको तयारी मन्त्रालयले गरेको छ ।
आगामी बजेट सम्बन्धि सुझाव दिनको लागि अर्थको वेवसाइटमा गई बजेट सुझावसम्बन्धी ट्वावबाट बजेटबारे सुझाव दिन सकिने छ । अर्थको कार्यतालीका अनुसार १५ चैतसम्म विभागीय मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयबाट बजेट तथा कार्यक्रम पेश गर्नेछन् । त्यसपछि अन्तर मन्त्रालय छलफल शुरु हुने भएको छ । यस छलफलका बीचमा सरोकारवाला निकायले दिने सुझावलाई समेत मन्त्रालयले संकलन गर्नेछ । त्यसपछि भने बजेट लेखनको काम शुरु हुनेछ ।

