१५औं महाधिवेशनमा महामन्त्री उठ्ने तयारी गर्दै युवा नेता शाही


काठमाडाैं- नेपाली कांग्रेसको १५औं महाधिवेशन आउन अझै बाँकी छ ।  तर, नेपाली कांग्रेसमा आगामी नेतृत्वको लागि चर्चा परिचर्चा सुरु हुन थालिसकेको छ । सभापति पदको लागि डा. शेखर कोइराला, पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा .शशाङ्क कोइराला, गगन थापा लगायतका नेताहरुले तयारी थालेका छन् ।

यसैगरी पदाधिकारीमा नेपाली कांग्रेसका युवा नेताहरुले पनि आन्तरिक तयारी तिव्र पारेका छन्। नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेता भुपेन्द्र जङ शाहीले उम्मेदवारी दिने भित्री तयारी गरेको बुझिएको छ । नेविसंघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री, २०७० सालमा संविधान सभा सद्स्यको उम्मेदवार, २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भइसकेका शाही अघिल्लो १४औं महाधिवेशनमा कर्णाली प्रदेशको सभापतिको प्रत्यासी बनेका थिए ।

संगठनको काममा सधैं खटिरहने र केही न केही नाैलाे कार्य गरिरहने शाही जुझारु, उर्जाशिल, सिर्जनशील र क्रियाशिलनेतामा पर्छन् । आफ्नो कुरा स्पष्टसँग राख्ने शाही पार्टीका गलत निर्णयमा नडराइ नेताहरुलाई कडा प्रश्न गर्ने शसक्त युवा नेता हुन् ।

उनले पछिल्लो समय निर्वाचनको बेला माओवादीसँग गठबन्धन गर्नुहुन्न, एक्लै चुनाव लड्नुपर्छ भनेर खरो आवाज उठाएका थिए । साथै उनले पार्टीमा निश्चित मान्छेहरुको हालीमुहाली हुनु र सधैं एउटै मान्छेले मात्रै अवसर पाउनु अन्याय भएको भन्दै सबैलाई न्याय र समान अवसर हुनुपर्ने आवाज पनि उठाइरहन्छन् ।

पार्टी प्रणालीमा चल्नुपर्ने, नातावादको अन्त्य हुनुपर्ने, सत्ता केन्द्रीत पार्टी होइन जनता केन्द्रीत पार्टी बनाउन पर्ने, पैसा र शक्तिको भरमा होइन नैतिक मुल्य र मान्यताको आधारमा विचार सिद्धान्तको राजनीति हुनुपर्ने भन्दै उनले विचार राख्दै आएका छन् ।

नेताको वरिपरी घुमेर भजन गाउने भन्दा पनि नेताहरुको गल्ती र कमजोरीमा औंला उठाएर खबरदारी गर्ने हिम्मत राख्ने शाही स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनले पार्टी सुधार र रुपान्तरणको लागि कडा रुपमा चुनैति दिएका भाषणहरु निकै भाइरल पनि भएका छन् ।  उनी राजनीति सँगै साहित्य र सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन् ।

उनी कर्णालीमा जन्मिएर कठिन संघर्षबाट केन्द्रीय राजनीतिमा स्थापित हुन लागिपरेका छन् । पछिल्लाे एक वर्षमा युवा नेता शाहीले धेरै कार्यक्रम र अभियान चलाएका छन्।  शाही अघिल्लो वर्ष २०८० जेठ ११ गतेबाट नेपाली कांग्रेस रुपान्तरण अभियान सञ्चालन गरेर मेचीदेखि महाकालीसम्म संगठन निर्माणको लागि गाउँ जिल्ला सम्म पुगेका थिए ।

शाही कर्णालीमा २०८० चैत्र २ गतेबाट संगठन सुदृढ यात्रा ‘सल्यान कपुरकोटदेखि हुम्ला सिमिकोट’ सम्म कठिन भूगोलमा कर्णालीका गाउँबस्ती  पुगेर कांग्रेसमा नयाँ जागरण र  नयाँ उर्जा नयाँ भरोसा जगाउने काम गरे।

युवा विशेष भेला २०८० वैशाख २१ गते, रुपान्तरण अभियान जेठ ११ गते, उधमशिलता उत्प्रेरणा सम्मेलन २०८० साउन ३१ गते, युवा विचार सम्मेलन २०८० भदौ २४ गते, महिला तिज विशेष कार्यक्रम २०८० भदौ २९ गते शुभकामना साङ्गितिक साँझ २०८० असोज २९ गते, महासमिति मन्थन भेला २०८० फागुन ४ गते, विशेष चियापान फागुन ६ गते, कर्णाली यात्रा २०८० चैत्र २ गते, कर्णाली प्रदेश सुर्खेतमा युवा उद्यमी सम्मेलन २०८१ असार १९ गते, २०८१ भदौ २८ गते ‘नेपाल युथ समिट’ जसमा ५ सयभन्दा बढी विभिन्न विधाका युवाहरुको सहभागितामा भव्य रुपमा सफलतापूर्वक सम्पन्न भएको छ।  एक्सन ओरेन्टेड नेताको पहिचान बनाएका उनले गरेको यी विभिन्न गतिविधिले उनीमा कति धेरै उर्जा, जोसजाँगर, केही गर्ने हुटहुटी, काम गर्न सक्ने क्षमता र योग्यता छ भन्ने पुष्टि भएको छ।

नेपाली कांग्रेसमा आगामी महाधिवेशनको चर्चा सुरु भइराख्दा कांग्रेसको महाधिवेशनबाट पार्टीमा आमुल रुपान्तरणको खाँचो रहेको युवा नेता भुपेन्द्र जङ शाहीले बताएका छन् । ‘पार्टी अब पुरानो लय, गतिहिन, परम्परावादी, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन । अब पार्टी भित्रको गुटबन्दी, नातावाद, भागबन्डा, व्यक्तिगत स्वार्थ, पदिय स्वार्थ र चाकडीबादको राजनीति अन्त्य हुनुपर्छ’ उनले भने ।

शाहीले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले पार्टीका नेताहरुले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेत लाइ गम्भिर ढङगले बुझ्नुपर्ने बताएका छन् । ‘नेपाली कांग्रेसलाई मजबुत र शसक्त पार्टी बनाउन अब कांग्रेसमा संगठन सुद्दिकरण र सुदृढीकरणको अभियान चलाउनुपर्छ। पार्टीमा अब व्यक्ति होइन बिचार, पद होइन पद्दति, नेता होइन नितीको मुल मर्म र आदर्शमा आधारित मुल्य मान्यता को राजनिति स्थापित हुन अति आवश्यक भइसकेको छ। नेपाली कांग्रेसलाई अब समयको गति सँग दौडिने जनताको मनमा बसिरहने गतिशील, कर्मशिल र उर्जाशिल पार्टि बनाउन सबै कांग्रेसीहरु एकताबद्ध भएर लाग्नु पर्छ’ उनले भने ।

शाहीले आफू विगत लामो समय भातृ संस्थाको केन्द्रीय मुख्य जिम्मेवारीमा बसेर धेरै समय काम गरिसकेकोले अब आफ्नो ध्यान पार्टीको मूल राजनीतिमा नै केन्द्रीत रहेको बताएका छन् । नेपाली कांग्रेसको तर्फबाट आफू दुईपटक सांसदकाे उम्मेदवार भइसकेको नाताले पनि नेपाली कांग्रेसको संगठनलाई गाउँस्तरसम्म पुगेर  वडा, टोलसम्म संगठन निर्माण र बिस्तार गर्नु आफ्नो कर्तव्य र जिम्मेवारी रहेको शाहीले बताए।

उनले भने ‘म ६ कक्षा पढ्दै गर्दा राजनीतिमा होमिएको हुँ। मलाई कुनै निजी फाइदा र स्वार्थ छैन।  जनताको सेवा, गाउँको विकास र समाजको परिवर्तन नै मेरो मुख्य उद्देश्य हो। म कुनै पदको लागि भन्दा पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन कम्मर कसेर लाग्ने प्रण गर्दछु ।’

उनले आहिले आफू संगठनको काम र केही सामाजिक काममा लागिपरेको बताएका छन् । ‘कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरुसँग छलफल मै छु । यदि पार्टी महाधिवेशनले गति लियो भने आफूले सबै नेता कार्यकर्ता र साथीहरुको सल्लाहबाट औपचारिक रुपमै उम्मेदवारी घोषणा गर्नेछु’ उनले भने ।

प्रतिक्रिया