गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँच बुँदे सहमति, अनशन तोडियो


काठमाडौं- विगत एक महिनादेखि हवाई उद्धार प्रभावकारी बनाउन हवाई एम्बुलेन्सको माग गर्दै काठमाडौँको शान्तिवाटिका अनशन बसेका तेह्रथुमका दीपक सिलवालले आजदेखि अनशन तोडेका छन् ।

गृह मन्त्रालयका उपसचिव दिलकुमार तमाङ र सिलवालबीच आज पाँच बुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् ।

गृह मन्त्रालयमा आज आयोजित एक समारोहबीच गृहमन्त्री रमेश लेखकले उनलाई जुस पिलाएर अनशन तोडाएका हुन् । समारोहमा गृहमन्त्री लेखकले सिलवालले उठाएको विषय गम्भीर र महत्त्वपूर्ण रहेको बताउँदै सहमति कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिए ।

सरकारको पनि ध्यानाकर्षण गराउने उद्देश्यका साथ अनशन बसेर सिलवालले लोकतन्त्रको असल अभ्यास गरेको भन्दै मन्त्री लेखकले प्रशंसा गरे ।

प्रतिक्रिया