राप्रपा महामन्त्री धवलशमशेर राणालाई क्यान्सर


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ । गिजाको क्यान्सर देखिएपछि उनी उपचारका लागि भारत पुगेका छन् ।

एक साताअघि भारत गएका उनी अहिले मुम्बईको एक अस्पतालमा उपचारमा रहेको स्रोतले जानकारी दिएको छ । सबै स्वास्थ्य परीक्षणहरु भइसकेको र आज राति ११ बजे रिपोर्ट आउने जानकारी उनी निकट राप्रपा सहमहामन्त्री ऋषि देवकोटाले दिएका छन् ।

राणाको गिजामा ३–४ वर्ष अगाडिदेखि समस्या देखिएको बताइएको छ । नियमित चेकअपका लागि काठमाडौंको एउटा अस्पतालमा जाँदा क्यान्सर देखियो ।

प्रतिक्रिया