चोर समात्ने भन्दै हवल्दारद्वारा होटलमा लगेर पीडितमाथि नै बलात्कार प्रयास


काठमाडौं- चोर पक्राउ गरिदिने भन्दै एक प्रहरीले एक पीडित महिलालाई होटलमा लगेर बलात्कार प्रयास गरेका छन्। प्रहरी वृत्त लैनचौरमा कार्यरत हवल्दार अनिल कुमार दाहालले बर्दीको आडमा यस्तो अपराध गरेका हुन् ।

उनलाई अदालतले जेल चलान गरेको छ । गत २९ भदौमा ठमेलको एक होटलमा लगेर बलात्कार प्रयास गरेको पीडितको उजुरी छ । लगत्तै प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

चोर पक्राउ परेको भन्दै भेट्न बोलाएर उनले फाइदा उठाउने प्रयास गरेका हुन् । एक महिलाको डेरामा चोरी भएपछि गत २० भदौमा स्वयम्भु वृत्तमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया