कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ।

संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे बस्नेछ भने संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने तय भएको हो।

बैठकमा विपद् व्यवस्थापनमा पार्टी तर्फबाट कसरी जुट्नेबारे छलफल हुने कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।

दुवै बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको छ।

प्रतिक्रिया