गाउँपालिका प्रमुख चुमानले दिए सडकमै डोजर लगाउने चेतावनी


आँबुखैरेनी — आँबुखैरेनी गाउँपालिका प्रमुख शुक्र चुमानले पृथ्वीराजमार्गमा डोजर लगाउने चेतावनी दिएका छन् ।

पछिल्ला दिनमा दिनदिनै दुर्घटना बढीरहेको जनाउँदै अध्यक्ष चुमानले आँबुखैरेनी पालिकादेखि चोकसम्मको सडकमा अलकत्रा बगेका कारण दैनिक दुर्घटना भइरहेकोले आज साँझसम्म मर्मत गर्न नआएमा पालिकाले डोजर लगाएर चिप्लो भाग फाल्ने चेतावनी दिएका छन् ।

उनले धेरैपटक अनुगमन गरेर मर्मत बनाउने आश्वासन पाए पनि चाडपर्व नजिकिँदै जाँदा दुर्घटना झन् बढ्न सक्ने भन्दै तत्काल त्यस स्थान मर्मत गर्नको माग गर्नुका साथै अधिकार पाएको खण्डमा पालिकाले नै मर्मत गर्ने समेत जनाएका छन् ।

उनी लेख्छन्, ‘आँबुखैरेनी पालिका देखि चोक सम्मको सडक खण्ड मा दर्जनौ सवारी साधन दुर्घटना को कारण अलकत्रा बग्नु दष्तगmष्ल दभिभमष्लन भन्ने हजार पटक जानकारी अनुगमन र तत्काल मर्मत को आश्वासन पाइयो । तर काम भने भएन । चाड पर्व नजिकिदै जाँदा सडक चाप पनि बढ्ने हुदा झन् अकल्पनीय घटना नहोला भन्न सकिन्न । प्रकृयाकै समस्या हो भने पालिकालाइ जिम्मेवारी देउ हामी आफै बनाउछौ भन्दा पनि मिल्दैन । आज बेलुका सम्म पनि सम्बन्धित पक्ष मर्मत गर्न नआए डोजर लगाएर चिप्लो भाग फाल्ने जानकारी गराउदछौ । यती धेरै दुर्घटना हुँदा पनि न संघीय मन्त्री न सघिय जनप्रतिनिधिले संघीय सरकार को दायित्व भित्र को यो सडक मर्मत गर्न पहल नगर्नु दुखद कुरा हो । अब के डोजर लायो भनेर पालिकालाइ मुद्दा लाउन आउनु होलारु

प्रतिक्रिया